एन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना जीन सिक्वेन्सिङका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, १३ मंसिर

स्वास्थ्य सेवा विभागले विमानस्थल र नाकामा एन्टीजेन परीक्षण पोजिटिभ आएका नमुनाको जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले नाकास्थि हेल्थ डेस्कहरुलाई पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भइरहेको भन्दै एन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना संकलन गरी जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएका हुन्।

सीमा नाकामा थप सजगता अपनाउन नाकाका हेल्थ डेस्कहरुलाई निर्देशन दिँदै  एन्टीजेन पोजिटिभ आएका नमुनाहरु प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि विभागले अनुरोध गरेको छ।

विभागले प्रदेश स्वास्थ्य प्रयोगशालालाई सीमा नाकामा संकलित एन्टीजेन परीक्षण पोजिटिभ नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पु¥याउने कार्यमा सहजीकरण गर्न, प्रदेश स्वास्थ्य आपत्कालिन केन्द्रले संकलित नमुना एनपिएचएल सम्म पु¥याउने व्यवस्था गर्न र एनपिएचएललाई नाकाका संकलित नमुनाको जीन सिक्वेन्सिङपरीक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *