पत्नीको तीन दिने वाटर थेरापीका लागि मंगलवार पनि प्रचण्ड बेनीमा

विशेष समाचार समाचार स्वास्थ्य

म्याग्दी २७ कात्तिक


नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको तीन दिने वाटर थेरापीका लागि (मंगलवार पनि बेनीमा बसेका छन् ।
नेपाली सेनाको एमआई १७ हेलिकप्टर चढेर सोमबार म्याग्दीको सदरमुकाम बेनीमा आएका प्रचण्ड बुधवारसम्म बेनीमा नै वस्नेछ ।
दाहालसँगै नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा पनि पत्नी नैनकला थापासहित म्याग्दी आएको छ ।
दाहाल र थापा परिवारले सोमवार दिउँसो २ बजे तातोपानी कुण्डमा दुुई घण्टासम्म वाटर थेरापि (पानीमा डुवेर उपचार गर्ने प्रक्रिया) गराएको थियो । सोमवार २ बजेदेखि ४ बजेसम्म दाहाल र थापा परिवारले तातोपानी कुण्डमा डुबुल्की लगाए ।
मंगलवार पनि उनीहरु विहान १० बजे तातोपानी कुण्डमा पुगेर वाटर थेरापी गराइरहेको छ । तातोपानी कुण्डमा थेरापीका तीन दिने, सात दिने र अठार दिने कोर्स हुन्छन् । दाहाल पत्नी सीताको तीन दिनको कोर्स सकेर उनीहरु बुधबार काठमाडौं फर्कनेछ ।
आज (मंगलवार) दाहाल र थापा परिवारले चार घण्टा तातोपानीमा डुबेर सीता दाहालको उपचार र अन्यले आनन्द लिने छ । बुधबार पनि एक पटक तातोपानीमा थेरापी गरेर उनीहरु काठमाडौं फर्कनेछ ।


केही समयदेखि बिरामी रहेकी प्रचण्ड पत्नी सीतालाई स्वदेशका विभिन्न अस्पतालमा परीक्षण गर्दा रोग एकीन नभएपछि उनलाई सिंगापुरलगायत विदेशका अस्पताल लगिएको थियो ।
सीता मस्तिष्कसम्बन्धी रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् ।
तातोपानीमा महिला र पुरूषका लागि बेग्लाबेग्लै नुहाउने ठाउँ बनाइएको छ । प्राकृतिक मुलबाट निस्केको कुण्डको पानी ५० डिग्री सेल्सियसको रहेको छ । यो कुण्डमा नुहाउन प्रतिव्यक्ति तीन सय तिर्नुपर्छ । कुण्डमा शरीरका बाहिरी भाग (घाँटीमूनिका भाग) डुबाएर उपचार गरिन्छ । कुण्डको तातोपानीबाट बाहिर निस्केपछि पनि तातोपानी नै आउने धारामा नुहाउने गरिन्छ । तातोपानी कुण्डमा डुबुल्की मार्दा नशा, बाथ, ढाड दुखेको, शरीर सुन्निएकोलगायत समस्या कम हुने जनविश्वास छ । स्वदेशी र विदेशी गरी कुण्डमा अहिले २५० जनाभन्दा बढी विरामीले प्राकृतिक उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *