सोमबार जिल्लागत रूपमा देशभर संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ असाेज

नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को  इलाममा २, ओखलढुंगामा १, खोटाङमा २, झापामा २, तेह्रथुममा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ४९, संखुवासभामा १ र सुनसरीमा २० जनामा कोरोना छ।

प्रदेश २ को धुनषामा २२, पर्सामा ७, बारामा ३, महोत्तरीमा २५, रौतहटमा १, सप्तरीमा १०, सर्लाहीमा ६ र सिरहामा ५५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ४९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, चितवनमा १७, दोलखामा १, धादिङमा ११, नुवाकोटमा ३, भक्तपुरमा ३६, मकवानपुरमा ४०, ललितपुरमा १ सय ३२, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४, गोरखामा ३, तनहुँमा १७, नवलपरासी पूर्वमा २०, पर्वतमा ३, लमजुङमा ७, बाग्लुङमा १ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा ५, दाङमा २, नलवपरासीमा ५, प्युठानमा १, बर्दियामा २, बाँकेमा १६ र रुपन्देहीमा २० जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा २, दैलेखमा २, सल्यानमा २ र सुर्खेतमा २९, सुदूरपश्चिमको अछाममा १३, कैलालीमा ५०, बझाङमा १४ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ३ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *