१० हजार ९ सय २९ जना कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।सोमबार १९ हजार ६ सय २४ जना संक्रिय संक्रमितमध्ये १० हजार ९ सय २९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ३ सय ४९ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १ हजार ४ सय ३४, प्रदेश २ मा ७ सय २५, प्रदेश ५मा १ हजार ५ सय ४१, सुदूरपश्चिम प्रदेशमा १४९, गण्डकी प्रदेशमा ४८९ र कर्णाली प्रदेशमा २४२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *