पछिल्लो २४ घण्टामा २२०६ जना कोरोनामुक्त, निको हुनेको संख्या एक लाख ५५ हजार नाघ्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ कात्तिक

पछिल्लो २४ घण्टामा थप २ हजार  २ सय ६  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल् जनाएको छ।

यो सँगै नेपालमा  एक लाख ५५ हजार १ सय १४ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार १ हजार १ सय ४४ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३५ हजार ४ सय ३५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *