भारततर्फ तस्करी गर्न लागिएको १७५ बोरा सेतो मटर बरामद

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
राजविराज, १० भदौ


सप्तरी प्रहरीले बुधबार बिहान नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा १ सय ७५ बोरा सेतो मटर सप्तरी प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित गोबरगाढाको सप्तकोशी किनारमा बिहान ४ बजेतिर तीन वटा सानो र तीन वटा ठूलो गरी ६ वटा डुङ्गामा लोड गरी भारततर्फ लैजाने तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

मटरको अनुमानित मूल्य करिब ३ लाख ५० हजार रहेको छ । भारतको बिहार राज्यमा मदिरा प्रतिबन्ध रहेको र मटरको भाउ पनि राम्रै पाउने भएकाले केही दिन यता तस्करहरुले राती र एकाबिहानको समयमा डुङ्गाको प्रयोग गरी मदिरा र मटर सीमा पारी लैजाने गरेको स्थानीयले बताएका छन् ।

तीन दिन अघि पनि सशस्त्र प्रहरीको टोलीले भारततर्फ लैजाँदै गरेको अवस्थामा एक ट्रक मदिरा नाका क्षेत्र राजगढ गाउँपालिकाको मझौरा चैंक नजिकैबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले नाका क्षेत्रमा गस्ती र निगरानी बढाएपछि तस्करहरु सप्तकोशीबाट डुङ्गामार्फत तस्करीको नयाँ शैली अपनाउन शुरु गरेको पाइएको प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *