आइतबार ८८५ कोरोना संक्रमित डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ असाेज

पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमित उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार १० हजार १ सय २३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ८८ हजार ३ सय २७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार २ सय ८१ जना क्वारेन्टाइनमा छन्। सक्रिय संक्रमितको संख्या १९ हजार  १९ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –४८६४
प्रदेश २– १३०४७
बाग्मती प्रदेशमा –१५२०३
गण्डकी प्रदेशमा –३०९३
प्रदेश ५मा –८३७१
कर्णाली प्रदेशमा –२८४०
सुदूरपश्चिम प्रदेशमा ६४८०

Leave a Reply

Your email address will not be published. Required fields are marked *