१८३१ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १९ जेठ

देशभर हाल १ हजार ८ सय ३१ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय ४६ आइसीयू र ३८५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २३२ आइसीयू र ६३ भेन्टिलेटरमा, प्रदेश २ मा ११२ आइसीयू र २८ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७०९ आइसीयू र २३० जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १३७ जना आइसीयू र २६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६९ जना आइसीयू र २० जना भेन्टिलेटरमा, कर्णालीमा ४७ जना आइसीयू र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४० जना आइसीयू र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५६८ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।

शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १९ आइसीयू र ८ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा १४ आइसीयू र ५ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू र १७ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४७ आइसीयू र १४ भेन्टिलेटरमा, पाटन अस्पतालमा २१ आइसीयू र ११ भेन्टिलेटरमा छन्।

यस्तै निजामती कर्मचारी अस्पतालमा ११ जना आइसीयू र ३ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ६ आइसीयू र १ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ८६ जना आइसोेलेसनमा छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १५ आइसीयू र ५ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू र १३ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ५५ आइसीयू र २८ भेन्टिलेटरमा, स्टार अस्पतालमा १० आइसीयू र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

मनमोहन अस्पतालमा १३ आइसीयू र २ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १५ आइसीयू र ४ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ८ आइसीयू र ४ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १० आइसीयू र ४ भेन्टिलेटरमा, नेपाल कोरिया मैत्री अस्पतालमा ३ आइसीयुमा र धुलिखेल अस्पतालमा ५८ आइसीयू र ८ भेन्टिलेटरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *