देशभर १५७३ जनालाई कोरोना संक्रमण, ७३,३९४ पुगे संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ असाेज

पछिल्लो २४ घण्टामा देशभर १५७३  जना कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार १२३ नमुना जाँचमध्ये १५७३ जनामा संक्रमण देखिएको हो।

योसँगै संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको छ।

२४ घण्टामा ८८५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। देशभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *