कार्तिक १ गतेदेखि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ९ असाेज

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल महाराजगञ्जमा कार्तिक १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ।

स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा राधिका थपलियाले शिक्षण अस्पताल र बोर्डबीच आज सम्झौता भएको जानकारी दिँदै  कार्तिक १ गतेदेखि कर्यक्रम लागू हुने बताइन्।

उक्त सम्झौतामा बोर्डका तर्फबाट  निमित्त कार्यकारी निर्देशक डा राधिका थपलिया, उपसचिव कृष्णप्रसाद आचार्य र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्राडा  दिनेश काफ्ले र अस्पतालका योजना शाखा प्रमुख दिपक तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।हालसम्म शिक्षण अस्पतालम स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थिएन।

हालसम्म देशभरका ३ सय ४९ अस्पताल र स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ। हालसम्म देशभर ३१ लाख ५० हजार ७ सय ८४ जना व्यक्ति बिमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *