साँघु साप्ताहिकका सम्पादक बुढाथाेकी काउन्सिलको कार्यबाहक अध्यक्षमा नियुक्त

विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ९ असाेज

2020-09-25-23374

प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएको छ ।  शुक्रबार बसेको काउन्सिल बोर्डको बैठकले ज्येष्ठ सदस्यको हैसियतमा उनलाई कार्यबाहक अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

यसअघि किशोर श्रेष्ठ कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेकाे थियाे। उनको कार्यकाल समाप्त हुनुअघि शुक्रबार पदबाट राजीनामा दिएपछि कार्यबाहक अध्यक्षमा बुढाथोकी नियुक्त भएको हो । श्रेष्ठको कार्यकाल १३ गतेसम्म कायम थियो ।

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई ज्येष्ठ सदस्यको हैसियतले बोर्ड बैठकले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको काउन्सिलका वरिष्ठ प्रशासन सहायक महेन्द्रराज सिंहले जानकारी दिए । उनकाअनुसार बुढाथोकी २०७५ साउन ९ गते काउन्सिल सदस्यमा नियुक्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *