दुईदिने चालिसौं नेपाल भाषा साहित्य तःमुंज्या अनलाइनबाट हुने

कला/साहित्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ११ कात्तिक


जनता बाँचे भाषा बच्ने उद्घोषका साथ ने.सं. ११०० देखि निरन्तर सञ्चालनमा आएको नेपाल भाषा साहित्य तःमुंज्याको चालिसौं श्रृंखला कात्तिक १२ र १३ गते अनलाइनबाटै हुने भएको छ । साविक समय दिउँसो १ः०० बजेदेखि नै शुरु हुने उक्त कार्यक्रममा विविध विधाका साहित्यकारहरुले आ आफ्नो साहित्य वाचत गर्नेछ भने बीच बीचमा विविध पक्षका विज्ञ विशेषज्ञहरुबाट देश विदेशका विषयमा विचार व्यक्त गर्ने आयोजकले बताएको छ ।

प्रत्येक वर्ष दुई दिन खुला रुपमा हुने उक्त कार्यक्रम यसपालीको कोरोना भाइरस रोगका कारण भर्चुअल रुपमै सञ्चालनमा ल्याउनुपरेको आयोजकले बताएको छ । नेपाल भाषा साहित्य तःमुंज्याले आयोजना गर्ने उक्त कार्यक्रममा अन्य विविध भाषा भाषीहरुले समेत आ आफ्नो भाषाबाटै गीत, साहित्य वाचन गर्न सकिने भएकाले यस तःमुंज्याले सबै जातजाती तथा भाषा भाषीका लागि मञ्च प्रदान गरेको आयोजकले स्पष्ट पारेका छन् । जनपक्षीय आवाज र जनताको दुःख पीडा बोल्ने उक्त कार्यक्रमले श्रमजीवी किसान, मजदुर, प्राध्यापक, बुद्धिजीवी, शिक्षक, तथा अन्य श्रमिक वर्गको उत्थानका लागि साहित्यमार्फत बोल्ने भएकाले सबैको उपस्थितिका लागि आयोजकले आह्वान गरेको छ । कार्यक्रम हेर्नका लागि विभिन्न फेसबुक पेज तथा टेलिभिजन, रेडियो तथा अनलाइन वेबसाइटबाट पनि अवलोकन गर्न सकिने आयोजक मूल कमिटीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *