थप ४५७ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

पछिल्लो २४ घन्टामा थप ४ सय ५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा  ५०  हजार ४ सय ११ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार आज ११ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ५५ सय हजार ९ सय २३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार  ४ सय ३७ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –४६००
प्रदेश २– १२८०५
बाग्मती प्रदेशमा –१२८७२
गण्डकी प्रदेशमा –२९४८
प्रदेश ५मा –७८२५
कर्णाली प्रदेशमा –२७९१
सुदूरपश्चिम प्रदेशमा ६३७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *