काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ कात्तिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा १११२ जनालाई  कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ३७३ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार १ सय १५ छ। योसँगै हालसम्म १ लाख २ हजार ८ सय २० पुगेको छ।

आज देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *