लेवनानको राजधानी बेरुतमा एकहप्ताको लागि संकटकाल घोषणा

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

न्यूज अपडेट

एजेन्सी, २२ साउन

मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेवनानको राजधानी बेरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको छ । बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद बैठकले एक हप्ताका लागि घोषणा गरेको हो ।

हाल अहिले त्यहाँको सुरक्षाको जिम्मा सेनालाई दिइएको छ । विष्फोट बेरुत बन्दगाह नजिकै रहेको खाद्यान्न गोदाममा भएको थियो ।
उक्त विस्फोटमा परी करिब एक सय भन्दाबढीको ज्यान गएको छ भने ४ सय बढी घाइते भएका त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् ।

उक्त विष्फोटपछि अब देशका लागि एक महिनाका लागि पुग्ने खाद्यान्न समेत स्टक नभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *