डा गोविन्द केसीको जीवनरक्षा गर्न डाक्टर्स सोसाइटी अफ नेपालको आग्रह

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ असाेज

डाक्टर्स सोसाइटी अफ नेपालले डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकार समक्ष अपिल गरेको छ।

सोसाइटीले मंगलबार विज्ञप्ति निकाल्दै चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा केसीले उठाएका सम्पूर्ण जायज मागहरु शीघातिशीघ्र पूरा गर्दै उनको जीवनरक्षा गर्न सरकार समक्ष अपिल गरेको हो।

साथै स्वास्थ्य क्षेत्रमा व्याप्त विसंगतिहरुको न्यायसंगत एवं दीर्घकालीन समाधान निकाल्दै सधैंका निम्ति सत्याग्रह अन्त्य गर्ने वातावरण सिर्जना गरी आमजनताप्रति उत्तरदायी हुन पनि सोसाइटीले सरकार तथा सम्पूर्ण सरोकारवाला निकायहरुलाई आह्वान गरेको छ।

९ दिन पुगिसक्दा र उनको स्वास्थ्य  दिनप्रतिदिन प्रतिकुल हुँदै गएको अवस्थामा पनि उनका जायज मागहरु सम्बोन्धन गर्दै उनको जीवन रक्षाका निम्ति कुनै पहल नभएकोप्रति  सोसाइटीको गम्भीर ध्यानकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘राज्यबाटै प्रत्याभूत हुनुको सट्टा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका निम्ति एउटा व्यक्तिले पटकपटक अनसन बस्ने अवस्था हुनु नै दुःखदायी अवस्था भएको उल्लखे गरेको छ।

सरकार आफैंले गरेका कैयन् सहमतिहरु आफैं उल्लंघन गरेर फेरि अनसन बस्ने बाध्यकारी अवस्था निम्त्याउनु झन् भयावह स्थिति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *