क.प्रधानको सम्झानामा श्रद्धाञ्जली

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, २० असार


नेपाल मजदुर किसान पार्टी, भनपा ९ सूर्यमढी समितिको आयोजनामा आइतवार स्व. शोभा प्रधानको सम्झनामा श्रद्धाञ्जली सभा भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य, भक्तपुर नगरपालिका ९ वडाअध्यक्ष रवीन्द्र ज्याख्वले क्यान्सरबारे सचेतना जगाउन क.शोभा प्रधानको योगदान रहेको चर्चा गरे । उनकै नेतृत्वमा नेपाल क्रान्तिकारी महिला संघबाट गरेका क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरले आफू मरेर पनि धेरै महिलाको ज्यान जोगाएको बताए ।

उनले स्तन क्यान्सर भएकालाई पाठेघरको पनि क्यान्सर हुन सक्ने धेरै सम्भावना भएकाले सदैव सचेत भइरहनुपर्ने धारणा व्यक्त गरे । उनले दुःखलाई शक्तिका रुपमा ऊर्जा प्रदान गर्न यस्तो कार्यक्रम भइरहेको बताउँदै नेमकिपाको नेतृत्ववर्ग जनताबाट कहिल्यै टाढा नरहेको स्पष्ट पारे ।

नेमकिपा, भक्तपुर नगर समितिका प्रतिनिधि शुशिला कर्माचार्यले क. शोभा प्रधानले देखाएको बाटोलाई अंगिकार गर्नु नै सच्चा श्रद्धाञ्जली भएको व्यक्त गर्दै उनको जीवनका कठिनतम अवस्थामा पनि सरल, सहज र धैर्यतापूर्वक कार्य सम्पन्न गरिरहेको स्पष्ट पारे । उनले हरेक मान्छेलाई इमान्दारीता देखाएकै कारण उनीप्रतिको श्रद्धाभाव बढेको बताए ।

वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले क.शोभा प्रधानको जन्मथलो रामेछाप भएपनि कर्मथलो भक्तपुरलाई बनाई शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गरेको चर्चा गरे । उनले कुनै पनि समयमा भक्तपुर काण्ड दोहरिन सक्ने कुरालाई ध्यानमा राखी नेक्रामहिला संघले निरन्तर भक्तपुर काण्डको स्मरण गरिरहेको बताए ।

आयोजक समितिका कोषाध्यक्ष रामेश्वरी कोजूले शोभा प्रधानको जीवनीबारे प्रस्तुतीकरण गरिएको उक्त कार्यक्रममा दिलभक्त कोजू, काशिलाल प्रजापति, लक्ष्मी प्रसाद कुसीलगायतले बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *