मंगलबार जिल्लागत रूपमा देशभर संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ असाेजsharethis sharing button

नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३ सय ५६ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा १, झापामा २०, तेह्रथुममा १, धनकुटा  १, भोजपुरमा २, मोरङमा ५७,संखुवासभामा ४ र सुनसरीमा ७७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ को धुनषामा ११, पर्सामा ११, बारामा १५, रौतहटमा ४, सप्तरीमा ८, सर्लाहीमा १ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ११ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३०, चितवनमा २२, दोलखामा ४, धार्दिङमा ३, नुवाकोटमा १, भक्तपुरमा ६३, मकवानपुरमा ८, ललितपुरमा ७३, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा २, तनहुँमा २५,पर्वतमा ३, लमजुङमा ६, बाग्लुङमा १६, स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा १९, गुल्मीमा २, दाङमा १९, नलवपरासीमा ८, पाल्पामा ८, प्युठानमा , बर्दियामा २७, बाँकेमा ५८, रुकुम पूर्वमा २५  रुपन्देहीमा ७४ र रोल्पामा १५ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १, सुर्खेतमा ४४, सुदूरपश्चिमको कञ्चनपुरमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार १ सय १७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *