पछिल्लो २४ घण्टामा २६० संक्रमित थपिए, ११३ जना डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २४ चैत

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार २ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ९४ हजार ६७ पुगेको छ।

गत २४ घण्टामा  कोरोना संक्रमितको मृत्यु संख्या शुन्य छ। नेपालमा हालसम्म कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३६ पुगेको छ। हाल ६९ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १ सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ जना पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *