कोशी कोरिडोर प्रसारण लाईनको रिट खारेज

समाचार

धरान, २१ कार्तिक


कोशी कोरिडोर २ सय २० केभी प्रसारण लाइन (हाइटेन्सन)को रुट परिवर्तन गर्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज भएको छ । प्रसारण लाइनले धरानको वडा नम्बर २० को मानव वस्ती, बाटो, विद्यालय, वन र पर्यटन क्षेत्रलाई नै असर पुग्ने भन्दै स्थानीयबासीहरुले सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चका न्यायधिशद्धय हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठको संयुक्त इजलाशले आयोजनाको रुट परिवर्तनको माग गर्दै स्थानीयले हालेको रिट निवेदन खारेज गरेको हो ।
३ महिना अघि स्थानीय प्रेमकुमार राई, ओमकुमार राई र मंगलसिंह तामाङले उत्प्रेरषणको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । त्यसयता विष्णुपादुका क्षेत्रमा आयोजनाको टावर निर्माण काम ठप्प छ । उनीहरुले हालेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । निवेदक प्रेमकुमार राईले पनि आफुहरुको रिट निवेदन खारेज भएको स्वीकार गरे ।
सर्वोच्चले मंगलबार रिट निवेदन खारेज गरिदिए पनि एक पटक स्थानीयबासीसँग पुनः छलफल र समन्वय गरेर काम अघि बढाईने आयोजनाका साईड ईन्जिनियर मुकुन्द पराजुलीले बताए ।
धरानको वडा नं २० क्षेत्रमा १४ वटा टावर निर्माण हुनेछ । त्यस मध्ये ५ वटा टावर निर्माण भईसकेको छ भने ९ वटाको फाउण्डेशनको काम पनि बाँकी छ । प्रदेश नं १ को पहाडी जिल्लामा उत्पादन भएको विजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सरकारले गौरवको आयोजनाको रुपमा कोशी करिडोर २ सय २० केभी आयोजनालाई अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *