वागीश्वरीमा बीबीए सञ्चालन गर्न सम्भाव्यता अध्ययन

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ८ भदौ


पूर्वाञ्चल विश्वविद्यालय, उपकुलपतिको कार्यालयबाट ‘वागीश्वरी कलेज अफ म्यानेजमेन्ट’ भक्तपुरले बीबीए शैक्षिक कार्यक्रम सञ्चालन गर्न मंलगबार सम्भाव्यता अध्ययन गरिएको छ ।

उक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिइएको आवेदनको आधारमा सम्बन्धन दिन मिल्ने वा नमिल्ने सम्बन्धमा यथार्थता अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित समितिका पदाधिकारीहरुले उक्त अध्ययन गरेको हो ।

सो सम्बन्धमा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले अध्ययनका लागि आउनुभएका पदाधिकारीहरुलाई स्वागत गर्दै यथासिघ्र कलेज सञ्चालनको लागि सम्बन्धन दिन आग्रह गरे ।

पूर्वाञ्चल विश्वविद्यालयका कानुन विषय समितिका अध्यक्ष डा. रुद्रप्रसाद फुयालको संयोजकत्वमा गठित उक्त अध्ययन समितिमा पू.वि. स्कुल अफ म्यानेजमेन्टका विशेषज्ञ डा. सन्देश दास श्रेष्ठ र सदस्य श्री राजकुमार सापकोटा रहेको छ ।

समितिले ‘वागीश्वरी कलेज अफ म्यानेजमेन्ट’ सामुदायिक कलेज भन्ने आधार खोज्नुका साथै कलेज सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार, पुस्तकालय, शैक्षिक जनशक्ति र कलेज व्यवस्थापन समितिका पदाधिकारीहरुस“ग आवश्यक छलफल गरेको थियो ।
छलफलमा व्यवस्थापन समितिका पदाधिकारीहरु र शिक्षकहरुले शैक्षिक गुणस्तरमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *