थप ५३ जनामा कोरोना संक्रमण, ३३३ सक्रिय संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १९ असार

पछिल्लो २४ घण्टामा देशभर थप ५३ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधिमा थप २० जना निको भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको विवरण अनुसार १ हजार १६२ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३९ जनामा र ९५८ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टी भएको हो।

देशभर सक्रिय संक्रमितको संख्या ३ सय ३३ रहेको छ। आज होम आइसोलेसनमा ३ सय २९ जना र संस्थागत आइसोलेसनमा ४ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *