काठमाडौं उपत्यकामा आज १४१६ जनालाई कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ असाेज

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४१६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १४५, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै काठमाडौंमा काेराेना संक्रमित संख्या ३३ हजार ७०६ पुगेको छ।  ललितपुरमा ४ हजार ६४९ र भक्तपुरमा  ३  हजार ४३४ कोरोना संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। याेसँगै कुल संक्रमित संख्या १ लाख ७ हजार ७५५ पुगेकाे छ।

पछिल्लो २४ घन्टामा १५५२ जना डिस्चार्ज भएका छन्। योसँग देशभर डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *