न्यूज अपडेट
काठमाडाैं, २० कात्तिक

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
बिहीबार ३६ हजार ५ सय १४जना सक्रिय संक्रमितमध्ये २९ हजार ५ सय ७४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ६ सय ३२ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ४ हजार ६ सय ९८, प्रदेश २ मा ९८६, लुम्बिनी प्रदेशमा २ हजार ५सय ८३, सुदूरपश्चिम प्रदेशमा ७१०, गण्डकी प्रदेशमा १७१० र कर्णाली प्रदेशमा २५५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।