फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको लक्षण नदेखिका पीसीआर नगर्ने निर्णय फिर्ता लिन नेपाल चिकित्सक संघको माग

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० भदाै

नेपाल चिकित्सक संघले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको लक्षण नदेखिएसम्म पीसीआर परीक्षण नगर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमा  म‌ंगलबार ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय अविलम्ब फिर्ता लिन माग गरेको हो।

स्वास्थ्य मन्त्रालयको यस निर्णयले कोरोना संक्रमण नियन्त्रण गर्नुको सट्टा झन् जोखिम बढाउने संघको बुझाई छ ।

चिकित्सक तथा स्वास्थयकर्मीलाई लक्षणको आारमा मात्र परीक्षण गर्दा सबै स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने ज्ञापन पत्रमा उल्लेख छ। उक्त निर्णय तत्काल नसच्याए कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अग्रपंक्तिमा रही सेवा प्रवाह गर्न नसक्ने संघले जनाएको छ।

कोभिड १९ को महामारीसँग जुध्ने बेलामा उचित वातावरण बनाउनुपर्नेमा सरकारले अस्वभाविक र गैरमानवीय निर्णय  स्वास्थ्य मन्त्रालयबाटै हुनु दुखद भएकाे संघको भनाई छ।  यस्ता प्रकारका अस्वभाविक निर्णयहरु गरेर स्वास्थ्य मन्त्रालयकाे गरिमामाथि आँच ल्याउने कार्य रोक्ने समेत संले स्वास्थ्यमन्त्री ढकाललाई अनुरोध गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *