पुरुष भन्दा बढी महिला कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, २ साउन


भक्तपुरमा पुरुषको तुलनामा महिलामा बढी कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले बिहिबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार भक्तपुरमा अहिले सम्ममा ४८ जनामा कोरोना संक्रमण देखिएकोमा २९ जना महिला छन् र बाँकी १९ जना पुरुष रहेका छन् ।कोरोना संक्रमित मध्ये १८ महिला र १२ पुरुष गरी जम्मा ३० जना उपचारपछि घर फर्किएका छन् । अब ११ महिला र ७ पुरुष गरी जम्मा १८ जना उपचारका लागि अस्पतालमा रहेको प्रमुख मिजारले बताए ।भक्तपुर जिल्लामा आजसम्म २ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण भएको र १ हजार ९३३ जनाको आरडिटी परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल भक्तपुरमा १७१ जना विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *