७ हजार २७५ कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ भदाै

देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

सोमबार १५ हजार ३ सय ९३ जना संक्रिय संक्रमित मध्ये ७ हजार २ सय ७५ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ३ हजार ८ सय ७ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश २ मा  १ हजार ५४, प्रदेश १ मा १ हजार १ सय १७, प्रदेश ५मा ७ सय ७८ सुदूरपश्चिम प्रदेशमा २४३, गण्डकी प्रदेशमा १८२ र कर्णाली प्रदेशमा ९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *