पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित, ५९ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २७ जेठ

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९  जना व्यक्ति कोरोना संक्रमित भएका छन्। हालसम्म  पिसिआर परीक्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परीक्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्। तीमध्ये  ५ लाख १५ हजार ५९१ ज्ना व्यक्ति निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ९०१ जनाको पिसिआर र  ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  २ हजार ८७४  जना र एन्टीजेटमार्फत ८७५ जना संक्रमित पुष्टि भएका हुन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार २३८ जना संक्रमितको मृत्यु भएको छ। आज ५ हजार २९३ जना संक्रमित निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *