काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २८ भदाै पछिल्लो २४ घन्टायता काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन्। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा ९ हजार ५ सय ८६ ललितपुरमा १ हजार […]

Continue Reading

आइतबार १ हजार १ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २८ भदाै पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै नेपालमा  ३८ हजार ६ सय ९७ जना संक्रमित  उपचारपछि निको भएका छन्। आज मन्त्रालयका […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार नाघ्यो, आज थपिए १०३९ संक्रमित

न्यूज अपडेट काठमाडाैं, २८ भदाै  पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १५९ जना पुगेको छ। पछिल्लो […]

Continue Reading

तरकारीबारीबाटै भाेजपुरका कृषक आम्दानी वृद्धि गर्दै

न्यूज अपडेट भोजपुर, २८ भदौ भोजपुर सदरमुकामको कोठेबारीको रुपमा चिनिने वोखिमका अधिकांश कृषकहरुले तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । विगतका वर्षहरुमा पनि तरकारीको खेती गर्ने यहाँका कृषकहरु वडा कार्यालयले एक घर एक प्लाष्टिक टनेलको कार्यक्रम सञ्चालनमा ल्याएसँगै झनै यसतर्फ आकर्षित भएका छन् । करिव ७ सय घर परिवार रहेका यस वडाका अधिकांश कृषकहरु तरकारी […]

Continue Reading

भारततर्फ तस्करी गर्न लागिएको २ सय ४४ कार्टुन दिलवाले मदिरा बरामद

न्यूज अपडेट राजविराज, २८ भदौ नेपालवाट भारततर्फ तस्करी गर्न लागिएको २ सय ४४ कार्टुन मदिरा प्रहरीले बरामद गरेको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५ स्थित बन र झुलावाट उक्त मदिरा नियन्त्रणमा लिइएको हो । कोशी पलार क्षेत्रबाट तस्करी भइरहेको सूचनाको आधारमा प्रहरी पुग्दा तस्कर भने फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । […]

Continue Reading

‘नेपालमा ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले मिथ्या सूचना प्राप्त गर्छन्’

न्यूज अपडेट काठमाडौं, २८ भदौ सेन्टर फर मिडिया रिसर्च– नेपालको सर्वेक्षणले नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताहरूले मिथ्या सूचना प्राप्त गर्ने देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले विशेष गरी यूट्युब, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा मिथ्या सूचना हुने गरेको बताएका छन् । सेन्टरले सन् २०१९ को नोभेम्बरमा गरेको नेपाल ट्विटर प्रयोगकर्ता सर्वेक्षण २०१९ मा […]

Continue Reading

४ वर्षे कार्यकाल सकाएर आज बिदा हुँदै कुलमान

न्यूज अपडेट काठमाडाैं, २८ भदाै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । प्राधिकरणका कर्मचारीले  उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन् । २०५१ […]

Continue Reading

होम आइसोलेसनमा कसरी बस्ने? यस्ता छन् १० मापदण्ड

न्यूज अपडेट काठमाडाैं, २८ भदाै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ५० हजार नाघिसकेको छ। यो उक्लन्दो संक्रमण दरको ग्राफसँगै संस्थागत आइसोलेसन र कोभिड अस्पतालका बेडहरु भरिँदै गएका छन्। अस्पतालमा भर्ना भई उपचार आवश्यक नभएका लक्षणविहीन तथा सामान्य लक्षण भएका संक्रमित होम आइसोलेसनमा रहनसक्ने मापदण्ड लागू भएको छ। महामारीजन्य रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यको भरपर्दो उपाय […]

Continue Reading

इन्टरनेटले कामै गर्न छाडेपछि सेवाग्राही मारमा

न्यूज अपडेट ताप्लेजुङ, २८ भदौ नेपाल टेलिकमले प्रदान गर्दै आएको (एडीएसएल) इन्टरनेट सेवा प्रभावकारी नहुँदा ताप्लेजुङका सेवाग्राही मारमा परेका छन् । पछिल्लो एक सातादेखि इन्टरनेटले कामै गर्न छाडेपछि सदरमुकामका सर्वसाधारणदेखि सरकारी तथा गैरसरकारी कार्यालयहरु मारमा परेका हुन् । इन्टरनेटले कामै गर्न छाडेपछि इन्टरनेटकै भरमा चल्ने बैंंक तथा वित्तीय संस्था, सरकारी कार्यालयहरु साथै सञ्चार माध्यमहरुको काममा […]

Continue Reading

सिन्धुपाल्चोकमा पहिरो, १८ घर पुरिए, १२ जना बेपत्ता

न्यूज अपडेट सिन्धुपाल्चाेक, २८ भदाै सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा पहिरोमा घरहरु पुरिएका छन् । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख […]

Continue Reading