भारततर्फ तस्करी गर्न लागिएको २ सय ४४ कार्टुन दिलवाले मदिरा बरामद

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
राजविराज, २८ भदौ


नेपालवाट भारततर्फ तस्करी गर्न लागिएको २ सय ४४ कार्टुन मदिरा प्रहरीले बरामद गरेको छ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५ स्थित बन र झुलावाट उक्त मदिरा नियन्त्रणमा लिइएको हो ।
कोशी पलार क्षेत्रबाट तस्करी भइरहेको सूचनाको आधारमा प्रहरी पुग्दा तस्कर भने फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
बरामद भएको मदिरा आवश्यक प्रक्रिया पूरा गरी बेल्हीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको डीएसपी तिलक भारतीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *