न्यूज अपडेट
काठमाडाैं, २८ भदाै
देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
आइतबार १५ हजार १ सय १७ जना संक्रिय संक्रमितमध्ये ७ हजार ३ सय ८७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ३ हजार ७ सय ५० जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश २ मा १ हजार ३ सय ३५, प्रदेश १ मा १ हजार ७६, प्रदेश ५मा ७ सय १३ सुदूरपश्चिम प्रदेशमा २३७, गण्डकी प्रदेशमा १८२ र कर्णाली प्रदेशमा ९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।