आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ भदाै

नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा १, खोटाङमा २, झापामा १, मोरङमा ७१ र सुनसरीमा ३ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा १४, पर्सा र बारामा ४÷४, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २२ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ८३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा २७, धादिङमा ३४, नुवाकोटमा ९, भक्तपुरमा ८१, रामेछापमा २, ललितपुरमा ३३ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्की, गोरखा र तनहुँमा ७÷७, नवलपरासी पूर्वमा २०, लमजुङमा २७ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को कपिलवस्तुमा ४, गुल्मीमा २, दाङमा १, नवलपरासीमा ८, पाल्पामा १, प्यूठानमा २, बर्दियामा ६१, बाँकेमा १७ र रुपन्देहीमा ३१ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा २, दैलेख र रुकुम पश्चिममा १÷१ र सुर्खेतमा ७, सुदूरपश्चिमको अछाममा २, कञ्चनपुरमा १४, कैलालीमा ७ र डडेल्धुरामा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १५ हजार १ सय १७ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार १ सय ६५ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *