विश्वकर्माहरुको मुख्य आरन चलाउने पेशा लोप हुँदै

अर्थ/वाणिज्य कला/साहित्य समाचार

श्रीती खड्का
भक्तपुर, १० साउन


समाजमा विश्वकर्माहरुको प्राचीन आरन चलाउने पेशा बिस्तारै लोप हुने अवस्थामा पुगेको छ । पुख्र्यौली रुपमा आरन चलाउने कार्य गर्दै आएका विश्वकर्माहरुले हाल उक्त पेशा लोप हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ युवा पिढी यस पेशातर्फ आकर्षित नभएको र पुराना व्यवसायीहरु बृद्ध भएसँगै घनले फलाम पिट्न नसक्ने हँुदा समाजमा यो पेशा हराउँदै गएको उनीहरुले बताएका छन् । चाँगुनारायण न.पा. सुडालमा बसी उक्त व्यवसाय सञ्चालन गर्दै आएका गोकुल वि.क. ले यस कार्य गर्नुलाई समाजमा निच दृष्टिकोणले हेरिने भएकाले नयाँ पिढीमा यो पेशाप्रतिको आकर्षण घट्दै गएको बताए । “जातभातको कुरा कुनै भगवानले बनाएको नभई मान्छेले नै बनाएको भएतापनि यस कार्यलाई जातभातसँग जोडेर हेरिने भएकाले समाजमा जरो गाडेर रहेको यो मानसिकतालाई नै परिवर्तन गर्न आवश्यक छ ।” उनले भने, “बाहिरबाट आउनेहरुले त यो कार्य राम्रो छ भन्नुहुन्छ तर तपाईँका छोरा भतिजा कोही छ भने पठाउनुहोस् काम सिकाइदिन्छौँ भन्यो भने कोही पनि मान्नुहुन्न ।”
पछिल्ला बर्षहरुमा सरकारले वनजंगलमा रुख काट्न नपाउने नियम ल्याएपश्चात समाजमा आगोको कोइला कम पाइने गरेको छ जस्ले गर्दा फलाम तताउन समस्या हुने गरेको स्थानीय वि.क.हरु बताउँछन् । त्यही पेशा अँगालेर बस्दा कहिलेकाहिँ त आधारभूत आवश्यकता समेत पूरा गर्न धौधौ हुने भएकाले अन्य पेशा अँगाल्नु परेको युवा पिढीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *