मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २० असाेज

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय  १४ पुगेको छ । गत २४ घण्टामा मात्र १ हजार ५ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को इलाममा २, उदयपुरमा ३, खोटाङमा १, झापामा ४,  ताप्लेजुङमा १, धनकुटामा २, मोरङमा २७,  र सुनसरीमा १९ जनामा कोरोना छ ।  प्रदेश २ को धुनषामा १२, पर्सामा २, बारामा २, महोत्तरीमा १५, रौतहटमा ६, सप्तरीमा २, सर्लाहीमा ७ र सिरहामा १० जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ७ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा २४, चितवनमा ८१, दोलखामा १, धादिङमा ५, नुवाकोटमा ५, भक्तपुरमा १ सय १६, मकवानपुरमा ६, चितवनमा १ सय ३, दोलखामा १, धादिङमा १२, नुवाकोटमा १०, भक्तपुरमा १ सय ३, मकवानपुरमा १५, रामेछापमा २, ललितपुरमा १ सय ११८ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २, गोरखामा २०, तनहुँमा २, नवलपरासी पूर्वमा १३, म्याग्दीमा १, लमजुङमा १, बाग्लुङमा १ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा ३४, नलवपरासीमा ९, पाल्पामा ४, प्युठानमा ६, बर्दियामा १, बाँकेमा ३४ र रुपन्देहीमा ९६ र रोल्पामा १ जनामा कोरोना पाइएको छ ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १०, दैलेखमा ७, रुकुम पश्चिममा ४ र सुर्खेतमा १ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिमको कञ्चनपुरमा ४, कैलालीमा २०, डडेल्धुरामा १, बझाङमा १ र बैतडीमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित छन् ।

कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण भएको छ । देशभर हाल ४ हजार २ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *