तबला र हार्मोनियम प्रशिक्षणको लोकार्पण

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

भक्तपुर, २६ चैत्र


भक्तपुर न.पा. वडा नं.९ सूर्यमढीस्थित रहेको पासा पुचः समूह (नित्यनाथ भजन) बाट तबला र हार्मोनियम प्रशिक्षणको आइतवार लोकार्पण भएको छ । कार्यक्रमको समापन सोमवार चोङ्गागणेश मन्दिर परिसरमा भएको थियो ।

समापन कार्यक्रम बोल्नुहुँदै प्रमुख अतिथि एवम् ९ वडाध्यक्ष रवीन्द्र ज्याख्वले सुसंस्कृत समाज निर्माण गर्न नयाँ पुस्तालाई प्रशिक्षण दिँदै जानुपर्ने बताउनुभयो । उहाँले समाजमा सकारात्मक परिवर्तनका लागि संस्कृतिलाई जीवनपद्धतीसँगै लग्नुपर्ने र नयाँ पुस्तालाई त्यही संस्कार सिकाउनुपर्ने बताउनुभयो ।


उहाँले वडाका विषयमा जानकारी गराउँदै यस वर्षको विस्केटलाई सुव्यवस्थित गर्न हामी आफैबाट आफ्ना छोराछारीलाई संस्कार सिकाउनुपर्ने बताउनुभयो । साथै कुनै हुलडङ्गा मचाउनेहरुलाई नियन्त्रणमा लिन यस वर्ष जिल्ला प्रशासन कार्यालयले विभिन्न चोकमा ३२ वटा सीसी टीभी जडान गरेको र जसलाई नियन्त्रणमा लिन्छ उसलाई विस्केट अवधिभर नछोड्ने जानकारी गराउनु भयो ।
त्यस्तै भक्तपुर नगर पालिका नगरसभाका सदस्य एवम् ९ वडा महिला सदस्य छोरीमैया सुजखु प्रजापतिले महिला स्वास्थ्य अत्यन्तै सम्बेदनशील भएकाले स्वास्थ्यबारे महिलाहरु सचेत हुनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाबाट गर्दै आएका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभयो ।


वि.सं.२०३२ सालदेखि नियमित रुपमा सञ्चालन भएको पासा पुचः समूहका अध्यक्ष विष्णुभक्त कुसीले यस समूह आधिकारिक रुपमा दर्ता नभएपनि समाजमा भएगरेका विभिन्न क्रियाकलापलाई गाइजात्रा, तःमुंज्यालगायतका माध्यमबाट प्रस्तुत गरिरहेको बताउनुभयो ।


यस वर्षको जेठ महिनादेखि प्रशिक्षण दिएको तबला र हार्मोनियम प्रशिक्षणको एघाह्रौं महिनामा लोकार्पण गरिएको हो । समूहका सचिव हरेराम कुसीले समूह मात्र भजन नभनिकन यसैमाध्यमबाट जनतालाई सुसूचित पार्दै जाने बताउनुभयो ।
हार्मोनियम प्रशिक्षक प्रेम प्रजापति र तबला प्रशिक्षक प्रवीण प्रजापति रहेको उक्त प्रशिक्षणको समापनमा विभिन्न भजनका गीतहरुबाट सांगेतिक प्रस्तुती भएको थियो ।


तबलामा ९ जना र हार्मोनियममा १७ जना प्रशिक्षार्थी रहेको उक्त कार्यक्रममा तबलातर्फ सुप्रिम प्रजापति र हार्मोनियमतर्फ अनिता कासिछ्वा सर्वोत्कृष्ट हुन सफल भएका थिए । समूहले विभिन्न समयमा विभिन्न सांस्कृतिक विधाको प्रशिक्षण दिइँदै आएको समूहका अध्यक्ष बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *