म्यानमार, २३ पुस
म्यानमारको सरकारी सेनाले आदीवासी राखिने समुदायका विद्रोहीविरुद्ध ‘कडा कारवाही’ अभियान सुरु गरेको छ ।
गत हप्ता उनीहरुले चार प्रहरी कार्यालयमा मानवीय क्षति नै हुनेगरी आक्रमण गरेपछि कारबाही अभियान सुरु गर्नु परेको सरकारी अधिकारीहरूको भनाई छ ।
सरकारका एकजना प्रवक्ताले हिंसाबाट हजारौ घरपरिवार प्रभावित भएका जनाए । उनले सुरक्षा कारबाही आवश्यक देखिएकोले राज्य सोही अनुरूप अघिबढ्ने सोमबार बताएका छन् ।
म्यानमारको पश्चिमी राखिने राज्यमा पछिल्ला केही हप्ता श्रीङ्लखाबद्ध रुपमा हिंसाका घटनाहरू भइरहेका छन् ।
राखिने बौद्ध समुदायको हतियारधारी समूहका रुपमा चिनिने अराकान आर्मी ९एए० र सरकारी सुरक्षा फौजका बीचमा झडपहरू भएका छन् ।
अहिले हिंसात्मक घटनाहरू भएको क्षेत्र म्यानमारकै सवै भन्दा गरिव क्षेत्र मानिन्छ । गहिरो जातिय तथा धार्मिक घृणाका कारण गरिबी भएको ठानिएको छ ।
म्यानमारको सैनिकले गत सन् २०१७ मा चालाएको सुरक्षा कारबाही अभियानका कारण सयौँ हजार मुस्लीम समुदायका रोहिङ्ग्याहरु देश छाडेर बङ्लादेश विस्थापित भएका छन् ।
रोहिङ्ग्या लडाकूहरुकै कारण सेनाले उनीहरु माथी कडा कारबाही गर्नु परेको सैन्य अधिकारीहरुले दावी गर्दै आएका छन् ।