भेन्टिलेटरमा २५ र आइसियुमा १७० जना कोरोना संक्रमितको उपचार हुँदै

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ भदाै

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर १ सय ९५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार २५ जना भेन्टिलेटरमा र १७० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०७ जना आइसियु र  २२ जना भेन्टिलेटर छन्। प्रदेश ५ मा २२ जना आइसियु र २ जना भेन्टिलेटर, सुदुरपश्चिममा १ जना आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रदेश १ मा ५,  प्रदेश २ मा २४, गण्डकी प्रदेशमा ५  र कर्णाली प्रदेशमा ६ आइसियुमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *