चारमन्त्री बीचको छलफलपछि प्रधानमन्त्री अन्तर्राष्ट्रिय उडान थप्न सहमत

अर्थ/वाणिज्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २५ भदाै

चारमन्त्री बीचको छलफल पश्चात प्रधानमन्त्री अन्तराष्ट्रिय उडान थप्न सहमत

उपप्रधान मन्त्री, पररास्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफालपछि प्रधानमन्त्री र उपप्रधान मन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्रास्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको छ ।

छलफल पश्चात पर्यटनमन्त्री योगेश भट्टराईले पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने जानकारी दिएका छन् ।

त्यस्तै कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ । श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको ब्यबस्था गरिने छ । नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ  भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप्नेबारे समझदारी भएको मन्त्री भट्टराईले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सरकार संबेदनशील छ । उनको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशिस गरिरहेको छ र सरकारले आफ्नो प्रयत्न बढाउदै लिने छ भन्त्री भट्टराईले उल्लेख गरेका छन् । ।

मन्त्री भट्टराइले अत्यन्तै प्रतिकूलतामा पनि धैर्य र संयममका लागि सबै दिदीबहिनी, दाजुभाइमा आभार ब्यक्त गरेका छन् ।अनेकौ समस्यासँग जुध्दै समन्वय गरिरहेका नेपाली नियोगका प्रमुख तथा कर्मचारी मित्र लगायत एयरलाईन्सका कर्मचारी, एयरपोर्टका कर्मचारी तथा सुरक्षा निकायका मित्रहरु सबैमा आभार ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *