अनलाइन कक्षाको शुल्क लिन सरकारले दियो अनुमति

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट

काठमाडाैं, २५ भदाै

अनलाइन कक्षाको शुल्क लिन सरकारले दियो अनुमति

विश्वव्यापी महामारीको रुप लिएको कोरोना संक्रमणले प्रायः शैक्षिक संस्थाहरु बन्द रहेको छन् । कोरोनाको प्रभाव लामो भएसँगै सरकारले डिजिटल प्रविधिलाई आधार बनाउने योजनाका साथ अनलाइन कक्षालाई सुचारु गर्नेमा सरकार सकारात्मक भएको छ । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको  छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेकाे जानकारी गराए ।

विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधिनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’

यसअघि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार असार १ गतेदेखि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *