एकै दिन दुईपटक टिएमएसमा समस्या आउँदा पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि

अर्थ/वाणिज्य विशेष समाचार समाचार

 न्यूज अपडेट

काठमाडाैं, २५ भदाै

एकै दिन दुईपटक टिएमएसमा समस्या आउँदा पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि 

नेप्से कारोबारको व्यावस्थापन प्रणालीमा पटक पटक देखिएको प्राविधिक समस्याका बाबजुत पनि नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ ।
सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने नेप्से सूचक १२ दशमलव ५० अंकले बढेर १५२० दशमलव ७१ बिन्दुमा रोकिएको छ । यो दिन बजारले लगानीकर्ताको १५ सयको मनोवैज्ञानिक धेरा पार गरेको छ ।
बजार बढ्दा कारोबार रकम पनि सन्तोषजनक नै रहेको छ ।

१८९ कम्पनीको ५२ लाख ६२ हजार ६ सय ९८ कित्ता सेयर २ अर्ब १७ करोड ६८  हजार २ सय ८३ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा ट्रेडिङ होटल र म्युचुयल फण्ड समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहरुको उपसूचक बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको १७  करोड २१ लाख ७२ हजार ११६ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो दिन राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा कम्पनी प्रमोटर कम्पनी, रिलायन्स लाइफ इन्योरेन्स तथा एनआरएन कम्पनीका लगानीकर्ताले आज ९ प्रतिशत भन्दा बढी कमाएका छन् ।

यता एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९।९२ प्रतिशतले घटेको छ ।

आज कारोबार समयमा २ पटक टिएमएसमा मस्या आएको हो । कारोबार भएको १ घन्टामा नै बन्द भएको सेयर बजार झण्डै दुई बजेबाट पुनःखुलेको सुचना नेप्सेले जारी गरेको थियोे । तर सूचारु भएलगत्तै टिएमएसमा पुनः समस्या आएको थियो । पछिल्लो पटक भने समस्या धेरै समय टिकेन । यद्यपी, सेयर बजारमा भने अवस्था अनुरुप हेर्ने हो भने रौनकता नै देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *