नाली सफाइले जनतामा राहत

समाचार

तुलसा कार्की
काठमाडौ,१७ असार


धादिङ धुनीवेसी नगरपालिका २ र काठमाडौंको पिपलामोड अर्थात चन्द्रागिरी नगरपालिकाको समन्वयनमा पिपलामोडबाट महेस फाँट सम्मको नाली सरसफाई भएको छ । उक्त सफाई कार्यालयमा जनताले नै स्वयम् श्रमदान गरेका थिए ।
नाली सरसफाइले स्थानीय बासिन्दा नै बढी लाभान्वित हुने बताउँछन् धुनीवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य । उक्त कार्यक्रममा मेयर देखि विभिन्न समाजसेवी, बुद्धिजीवीहरुले पनि भाग लिएका थिए । नाली सफाई भयो भने आफ्नो खेतबाटो तथा घरमा बर्खाको भेलको पानी नआउने र स्थानीयलाई धेरै भन्दा धेरै राहत पुग्ने र स्थानीयलाई धेरै भन्दा धेरै राहत पुग्ने बताउँछन् स्थानीय समाजसेवी मुस्कान तामाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *