वि.सं.२०७७ भदाै २५ गते बिहीबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, २५ भदाै

वि.सं.२०७७ साल भाद्र २५ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–अष्टमी,४२ घडी ३३ पला,बेलुकी १० बजेर ४८ मिनेट उप्रान्त नवमी । नक्षत्र–रोहिणी,१२ घडी ११ पला,बिहान १० बजेर ३९ मिनेट उप्रान्त मृगशिरा । योग–बज्र,२७ घडी ४२ पला,बेलुकी ०४ बजेर ५२ मिनेट उप्रान्त सिद्धि । करण–बालव,बिहान १० बजेर ४८ मिनेट उप्रान्त कौलव,बेलुकी १० बजेर ४८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–बृष,बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेट । दिनमान ३१ घडी ०३ पला । अष्टमी श्राद्ध।अष्टमी व्रत। गोरखकाली पूजा। जितिया पर्व, जीवत्पुत्रिका व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सभा समारोहमा सहभागी भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यवसायबाट प्रशस्त लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रतिभाको उच्च मूल्यांकन हुनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सीमित स्रोत साधनको प्रयोगबाट असीमित आवश्यक्ता पूरा गर्न सकिनेछ भने आर्थिक व्यवस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाइने हुनाले समाज परिवर्तन गर्न जोश जागर बढेर आउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समयको सही सदुपयोग नगर्नाले दुःख पाइनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी भुमिमा बसेर गरिने व्यापार व्यवसाय फस्टायर जानेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडी बढे केही मात्रामा लाभ हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सरकारी धन सम्पति तथा पैत्रिक धन हातलागि हुनेछ । आत्मिय मित्रहरुसँग भेटघाट हुने तथा लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनाले मन प्रशन्न रहनेछ । साथीभाइको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडी बड्ने समय रहेको छ । भौतिक तथा सवारी साधन प्राप्तिको योग रहेको छ । चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कर्मप्राप्तिका लागि गरिने कुनै पनि पेशा व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको भनेजस्तो समर्थन पाइने हुँदा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक कामहरु समयमा सम्पन्न गर्न सकिने हुँदा सम्मान प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन सकिने हुँदा सोचे भन्दा राम्रो नतिजा हात लाग्नेछ । नयाँ काम पाउने तथा आफन्त जनको सहयोगमा नयाँ काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पुराना तथा थाति रहेका कामहरु सम्पादन हुने हुनाले दैनिकी सहज रुपमा अगाडी बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारी तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । व्यापार व्यवसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतिमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदी बहिनी तथा आफन्तसँग अनावश्यक बिवाद हुन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नयाँ साथीभाइहरुसँग भेटघाट गरी दिनलाई रङ्गिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्नीबीचको सम्बन्धमा बिश्वासको वातावरण मजवूत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरीत लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाइ नाघ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा सत्रुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । व्यापार व्यवसायमा लगानी गरे अनुसार फाइदा कम हुनेछ भने आर्थिक मुद्दाहरु थाति रहनेछन् । शेयर बजारको लगानी भने सन्तोष जनक रुपमा सुधार भएर जानेछ । अध्ययनमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले खासै साथ नदिने हुनाले आजको लिन भेटघाटलाई कम गर्नुनै राम्रो हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आम्दानीका स्रोतहरु एक्कासी बन्द हुँदा महत्वपूर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरी कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुसार उपलब्धि नहुने हुनाले मन खिन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा एक कदम अगाडी बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा मन जाने हुनाले परिणाममुखि नतिजा ल्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *