देशभर १ सय ८४ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २४ भदौ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ सय ८४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार २२ जना भेन्टिलेटरमा र १६२ जना संक्रमित आइसियुमा उपचाररत छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०१ जना रहेको छ। यस्तै बागमतीमा २१ जना संक्रमित भेन्टिलेटरमा छन् ।

त्यस्तै प्रदेश १ मा ५ जना आइसियु रहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २४, प्रदेश ५ मा २० आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५  र कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिममा १ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *