विदा भए कोफी अन्नान

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

कक्रा, १८ अगस्ट । संयुक्त राष्ट्र सङ्घका पूर्व महासचिव कोफी अन्नानको शनिबार ८० वर्षको उमेरमा स्वीट्जरल्याण्डको एउटा अस्पतालमा निधन भएको छ ।
केही दिनदेखि उनी विरामी थिए । अन्तिम दिनमा श्रीमती नान र सन्तानहरू अमा, कोजो र निना उनीसग रहेको परिवार स्रोतले भनेको छ ।
सन् २००१ मा कोफी अन्नान र संयुक्त राष्ट्र सङ्घलाई संयुक्त रुपमा नोवेल शान्ति पुरस्कार दिइएको थियो । संयुक्त राष्ट्र सङ्घको पुनर्जागरण तथा मानव अधिकार क्षेत्रमा गरेको महत्वपूर्ण योगदानको लागि उनलाई सो पुरस्कारबाट सम्मानित गरिएको थियो । सन् १९९७ को जुलाई १ देखि २००६ को डिसेम्बर ३१ सम्म अन्नान दुई कार्यकाल राष्ट्र सङ्घको महासचिवको जिम्मेवारीमा थिए ।
करियर डिप्लोमेट कोफीको जन्म घानामा भएको थियो । राष्ट्र सङ्घको सेवाबाट औपचारिक रुपमा निवृत्त भए पछि पनि उनले राष्ट्र सङ्घका विभिन्न जिम्मेवारीमा काम गरे । सन् २००२ मा सिरियाली सड्ढट समाधानको लागि संरा सङ्घ–अरब लिगका विशेष प्रतिनिधिको रुपमा भूमिका खेले । आफ्नो नामको फाउन्डेसनमार्फत उनले विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा लगातार आफ्ना अभिव्यक्ति सार्वजिन गर्दै आएका थिए ।
अन्नान तात्कालीन सोभियत सङ्घको विघटन भएको छ वर्षपश्चात राष्ट्र सङ्घको प्रमुख जिम्मेवारी सम्हालेका थिए । त्यस्तो प्रतिकूल परिस्थितिबीच संरा सङ्घको भूमिका परिभाषित गर्न अन्नानले मिहिनेत गरेका थिए ।
उनले इराकमाथि संरा अमेरिका नेतृत्वको नाटो गठबन्धनले गरेको साम्राज्यवादी हमलाको विरोध गरेका थिए । ‘मेरो विचारमा इराक युद्ध मेरोलाई सबैभन्दा अध्यारो समय थियो । त्यो युद्ध हामीले रोक्न नसकेको तथ्य मेरोलागि सबभन्दा पीडा दिने कुरा थियो ।’, आफ्नो आत्मसंस्मरण ‘इन्टरभेन्सन्सः अ लाइफ इन वार एण्ड पिस’ प्रकाशनको अवसरमा टाइम्स म्यागाजिनलाई सन् २०१३ मा दिएको अन्तर्वार्तामा उनले भनेका थिए ।
एक जना कुशल कूटनीतिज्ञ हुनुका साथै अन्नान प्रष्ट वक्ता पनि मानिन्छन् । प्रष्ट वक्ता हुनुका कारण उनलाई कतिपय शक्ति देशका शासकले रुचाएका थिएनन् । जस्तै संरा अमेरिकाको वुश प्रशासनसग उनको सम्बन्ध त्यत्ति राम्रो थिएन । विशेष गरीको उनको दोस्रो कार्यकालमा संरा अमेरिकासग धेरै विषयमा मतान्तर भएको थियो ।
अन्नानको जन्म सन् १९३८ को अप्रिल ८ मा घानाको कुमासी भन्ने स्थानमा एउटा सम्भ्रान्त परिवारमा भएको थियो । उनका पिता प्रान्तीय गर्भनर र हजुरबुवा मुखिया थिए ।
सन् १९६५ मा उनको विवाह नाइजेरियाली महिला टिटी अल्किजासग भएको थियो । टिटीबाट उनका एक छोरी अमा र छोरो कोजो छन् । सन् १९७० मा टिटीसग उनको सम्बन्ध विच्छेद भएको थियो । जेनेभामा संरा सङ्घमा काम गर्ने शिलशिलामा उनको भेट स्वीडिस वकिल नान लाग्रिग्रनसग भेट भएको थियो । सन् १९८४ मा उनीहरूबीच विवाह भएको थियो ।
अन्नानले आफ्नो कूटनीतिक कामको शिलशिलामा इथियोपियाका लागि संरा सङ्घीय अफ्रिकी आर्थिक आयोग, इजिप्टको लागि आकस्मिक शक्ति, जेनेभाको शरणार्थी उच्च आयुक्त कार्यालयमा जिम्मेवारी बहन गरेका थिए ।
सन् १९९० मा इराक र कुवेतबीचको द्वन्द्वको समयमा उनले विशेष जिम्मेवारीका साथ सो क्षेत्रमा भूमिका खेलेका थिए । कूटनीतिकको रुपमा उनले युगोस्लाभिया, बोस्निया, रुवाण्डा, इन्डोनेसिया, नाइजेरिया,पाकिस्तानलगायत अनेकौं देशमा काम गरेका थिए ।
अन्नान घाना विश्वविद्यालयका कूलपति, न्युयोर्कको कोलुम्बिया विश्वविद्यालयका प्राध्यापक र सि·ापुरको लि क्वान यु स्कूल अफ पब्लिक पोलिसीका प्राध्यापक थिए ।
उनको विशेष रुपमा अन्त्यष्ठि गरिने परिवारले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *