काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २४ भदौ

बुधबार काठमाडौं उपत्यकामा ४६४ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा ३९४, ललितपुरमा ३६ र भक्तपुरमा ३४  संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ७ हजार ६ सय ११ ललितपुरका १ हजार ११  र भक्तपुरमा ८१८ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  ३३ हजार ८८२ उपचारपछि निको भएकाे मन्त्रालयले जनाएको छ।
आइसियुमा १६२ जना र भेन्टिलेटरमा उपचाररत २२ जना रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *