‘प्रेम गीत–३’ निर्देशक छेतन गुरुङको निधन

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २४ भदौ

‘प्रेम गीत–३’ निर्देशक छेतन गुरुङको निधन

चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डमरूको डण्डिवियो’ तथा ‘प्रेमगीत-३’का लेखक छेतेन गुरूङको अब सधैका लागि अस्ताएका हुन् । उनी ४२ वर्षका थिए। पछिल्लो समय ‘प्रेमगीत-३’मा लेखनसँगै निर्माता सन्तोष सेनसँग संयूक्त रूपमा सिनेमा निर्देशन गरेका गुरूङको आज बिहान निधन भएको हो।

‘प्रेमगीत-३’का कार्यकारी निर्माता चक्रबहादुर चन्दले गुरूङको उपचारका क्रममा महारागंजस्थित मेट्रो हस्पिटलमा निधन भएको हो। मिर्गौलासम्बन्धी समस्याबाट पीडित गुरूङको स्वास्थ्यस्थितिमा समस्या देखिएपछि सोमबार उनलाई अस्पताल लगिएको थियो ।

उनलाई मिर्गौलासम्बन्धी समस्या पहिलादेखि नै थियो,पछिल्लो समय कलेजोले पनि पूर्णरूपमा काम गर्न छोडेको थियो। परिवारमा उनकी आमा र एक छोरी छन् भने श्रीमतीको केही वर्ष पहिला नै निधन भइसकेको छ। छेतनद्वारा लिखित तथा निर्देशित ‘प्रेम गीत-३’ रिलिज हुन बाँकी छ। छेतनले नै निर्देशन गरेको चलचित्र ‘प्रेमगीत ३’ कोरोना संक्रमण बढेसँगै भएको लकडाउनका कारण रिलिज हुन पाएको थिएन । उनी, नयाँ चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा थिए ।

गुरुङ डेब्यु चलचित्र नोभेम्बर रेनबाट नै उत्कृष्ट लेखकका रुपमा आफुलाई उभ्याउन सफल थिए । उनले सोही चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *