काठमाडौं,४ मंसिर
उपसभामुख शिवमाया तुम्बाहाम्फेले उपसभामुख छाडेर तत्काल मन्त्री बन्न अस्वीकार गरेकी छिन्।प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाम्फेलाई मन्त्री बन्न प्रस्ताव गरेका थिए। ओलीले फोन गरेर मन्त्री बन्ने विषयमा तुम्बाहाम्फेसँग कुराकानी गरेका थिए।
तुम्बाहाम्फेलाई मन्त्री बनाएर नेकपाले सभामुख आफैं राख्न खोजेको हो। संविधानअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ। नेकपाबाट तुम्बाहाम्फे उपसभामुख भइरहे सभामुख नेकपाले छाड्नुपर्छ। सभामुख र उपसभामुखको विषय मिलाउन प्रधानमन्त्रीले तुम्बाहाम्फेलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन्।तर तुम्बाहाम्फेले तत्काल उपसभामुख पद छाड्दा प्रतिनिधि सभा अलपत्र पर्ने जानकारी प्रधानमन्त्रीलाई गराएकी हुन्। तत्काल उपसभामुखले मन्त्रीको सपथ लिनुहुन्न, संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीले भने, ‘संसदको जटिलताबारे प्रधानमन्त्रीलाई उपसभामुखले जानकारी गराए ।तत्काल मन्त्री नबने पनि तुम्बाहाम्फे मन्त्री बनाउने तयारी प्रधानमन्त्री ओलीले गरिरहेका छन्।