नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी

खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, २ चैत

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख अतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नगरब्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको समापन एक समारोह बीच सम्पन्न भएकाे छ।

समापनमा प्रमुख प्रजापतिले शिक्षासँगसँगै खेलकुद क्षेत्रलाई पनि भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखी नगरको विभिन्न वडाहरुमा ५ वटा खेलको प्रशिक्षण निरन्तर सञ्चालन गरिरहेको बताए। उनले विद्यार्थी जीवनमा अनुशासन अपरिहार्य हुने भएकोले खेलाडीहरुले अनुशासित भई खेल खेल्नुपर्ने बताए ।

भक्तपुर नपा वडा नं. ९ को आयोजनामा सुटर्स फुटसल रामन्दिरमा सम्पन्न फुटसल फाइनल प्रतियोगितामा डेमोस ई·लिश स्कूलले प्रभात ईङ्लिश स्कूलाई १–० ले पराजित गरी प्रथम स्थान हासिल गर्न सफल भएको थियो । प्रभात ईङ्लिश स्कुलले दोस्रो स्थानमा ओगट्न सफल भयो भने रोम्बस नेश्नल स्कुल र सनसाईन नेश्नल स्कुले तृतीय स्थान हासिल गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *