चाडपर्वमा कोरोनाबाट बच्ने १८ मन्त्र

विचार विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ कात्तिक

यतिखेर नेपालीको घर–आँगनमा चाडपर्वको माहोल छ। बडादसैंले लगभग बिदा लिन लागेको छ भने अर्को ठूलो पर्व तिहार नजिकै आइपुगेको छ। विजयादशमी समाप्त भए पनि परिवारका जेष्ठ सदस्यबाट टीका, जमरा र आर्शिवाद  लिने क्रम भने अझै चलिरहेको छ।

सामान्यतया वर्षभरि विभिन्न कामले देश–विदेशमा रहे पनि दसैं तिहारमा भने घरमा भेला भई मिठो परिकार खानुका साथै आशिर्वाद आदानप्रदान गर्ने गरिन्छ। यद्यपि, यो वर्ष भने कोभिड–१९ को महामारीको बीचमा दसैं–तिहार मनाइरहँदा कोरोना भाइरसबाट बच्न विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।

साँच्चै भन्नु पर्दा अहिलेको अवस्था जटिल छ। यो महामारीको विशेष अवस्था हो। कतिपय मानिसले कोरोनालाई बेवास्ता गरेको पनि पाइन्छ। तर कोभिड–१९ संक्रमणबाट बच्न सकेसम्म प्रयास गर्नुपर्छ। मलाई लाग्छ, जटिल अवस्थाका दर्जनौं कोभिड संक्रमितको उपचार र व्यवस्थापनको सिलसिलामा भएका मानवीय क्षति र वेदनाले भरिएका परिदृश्यहरुलाई नजिकबाट अनुभूति गरेको हुनाले कोरोना महामारी सामान्यमात्र हुँदै होइन।

त्यस्तै, कोभिड–१९ को जोखिम समूह जेष्ठ नागरिक र दीर्घरोगीहरु हुन्।  यसर्थ, चाडबाडमा जनस्वास्थ्यका मापदण्डहरुलाई कडाइका साथ व्यवहारमा लागू गरे दसैं र त्यसपछिका दिनहरु शुभ रहने विश्वास सहित निम्न स्वास्थ्य सावधानी अपनाउन हुन अनुरोध छ।
१. चाडबाडमा घरमा आउने पाहुनालाई संक्रमण भएको हुन सक्छ भन्ने मान्यता राखी सावधानी अपनाऔं। आफू पनि बचौं, अरुलाई पनि बचाऔं भन्ने मुलमन्त्र अबलम्वन गरौं।
२. घर बाहिरवाट आएपछि अनिवार्य नुहाउने र प्रयोग गरेको कपडा अलग्गै सफा गर्ने।
३. भरसक आफन्तकोमा नजाने, जानै परे सीमित संख्यामा सावधानी अपनाएर जाने।
४. आफन्तकोमा जाँदा सीमित कोसेलीहरु लिएर जाने। सकेसम्म घरायसी कोसेली उपयुक्त हुन्छ।
५. घरमै रहँदा पनि साबुनपानीले मिचिमिची हात धोइरहने।
६ . घरभित्र सँगै रहँदा पनि पर्याप्त भौतिक दूरी कायम गर्ने।
७. घरमा रहेका अन्य सदस्यहरुले प्रयोग गर्ने निजी सरसामान जस्तैः ल्यापटप, मोबाइल, तौलियाहरु एक अर्काले प्रयोग नगर्ने। मोबाइलको कभर खोली स्यानिटाइजरले राम्ररी सफा गर्ने।
८. घरमा रहँदा पनि मास्कको उचित तरिकाले प्रयोग गर्नु उत्तम हुन्छ।
९. टीका लगाउँदा अनिवार्य दुवैजनाले मास्क प्रयोग गर्ने। प्रत्येक पटक हात धुने वा स्यानिटाइज गर्ने।
१०. टीका लगाइसकेपछि भरसक खुट्टामा नढोग्ने, टाढैबाट शीर निहु¥याएर दर्शन गर्ने।
११. पीसिआर फल्स नेगेटिभ आएको वा लक्षणविही नभएको अवस्था पनि हुनसक्ने भएकोले पिसिआर टेस्ट नेगेटिभ आएकोले पनि उत्तिकै सर्तकता अपनाउनु पर्छ।
१२. संक्रमणपछि निको भएको मानिसमा रोग प्रतिरोधी क्षमता कम भएको हुनाले अन्य अवसरवादी संक्रमणहरु हुनसक्छन्। रिइन्फेक्सन वा पोस्ट कोभिड पनि हुनसक्ने भएकोले थप भर्खरै निको भएको संक्रमितले थप सर्तकता अपनाउनु पर्छ।
१३. खानेकुरामा मादक पदार्थ, चिल्लो, पिरो वा शरीरको पाचन प्रक्रियामा असर पु¥याउने केही पनि खाने कुरा नखाने।
१४. फ्रिजमा राखेको पेय पदार्थको प्रयोग नगर्ने। दिनभर शरीरलाई पुग्ने गरी पर्याप्त मनतातो पानी पिउने।
१५. खाना खाइसकेपछि वा खानेकुरा खाएपछि ब्रस गर्ने। नुनपानीले मुख कुल्ला गरी ओरल हाइसिन कायम गर्नेश्र
१६. सामान्यतया, चाडपर्वमा खानपिनको मात्रा बढी हुने हँुदा शारीरिक अभ्यास र घरायसी कार्यहरु समेत गरेर शरीरलाई सन्तुलित अवस्थामा राख्न प्रयास गर्ने। पर्याप्त सुत्ने। बिहान ७÷८ बजेको घाम ताप्ने।
१७. आफूले दैनिक खाने औषधि नियमित सेवन तथा प्रयोग गर्ने।
१८. कोभिड–१९ वा रुघाखोकीको लक्षण र चिह्न नभए पनि दैनिक सुत्ने बेलामा तातोपानीको बाफ कम्तीमा आधा घन्टा लिने।

(धमला इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *