नेप्से परिसूचक ७ अंकले बढ्दा पनि कारोबार रकम २ अर्ब पुगेन 

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २३ भदाै

नेस्से परिसूचक ७ अंकले बढ्दा पनि कारोबार रकम २ अर्ब पुगेन 

साताको तेस्रो दिन आज सेयर कारोबार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३५ अंकले बढेर १ हजार ४ सय ९५ दशमलव १५ बिन्दुमा रोकिएको छ ।
दिनभर कारोबारमा आएका १ सय ९० वटा कम्पनीको ४ करोड १८ लाख ८ सय १९ कित्ता सेयर बिक्रि हुँदा जम्मा १ अर्ब ७९ करोग ८३ लाख ६३ हजार ६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसरी नै आज १२ वटा उपसमूहमा बैंकिङ्ग र होटल बाहेकका सबै उपसमुहहरु सेयर बढेको छ । बैंकिङ्गको २ दशमलव ८५ र होटलको ४ दशमलव ९६ अंकले घटेको छ ।
आज साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशन, उन्नती सहकार्य लघुवित्त, एनआरएन लघुवित्त र जोशि हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *